महिलाको स्तन नै भएन भने त सकिहाल्यो नि

Advertisement

– करिश्मा मानन्धर, नायिका

हनुमानले दर्शन दिएर वरमाग भनेर भने भने ?

प्रभु हनुमानजी मलाई पनि तपाईं जस्तै उड्ने शक्ति

दिनुहोस्, तपाईंसँगै उडिरहन पाउ भन्थे ।

चलचित्र विकास बोर्डको अध्यक्षमा तपाईंलाई

नियुक्त गरियो भने पहिलो काम के गर्नुहुन्छ ?

पहिलो काम नै म राजीनामा गर्थे । राजिनामा

दिन नमिले सञ्चार मन्त्रालयअन्तर्गत नहोस भनेर

बोर्डलाई स्वायत्त बनाउँथे ।

केबुलकार बीचमै एक घण्टा बन्द भयो भने ?

म त सेल्फी खिचेर बस्थे ।

ढुंगा खोज्दा देउता फेला पार्नुभएको छ ?

धेरै पटक फेला पारेकी छु, जटिल समस्यामा पर्दा

सजिलै समाधान गरिदिने साथीहरू पाएकी छु ।

संविधान बन्यो कि बनेर भनेर बुझ्न कति नम्बरमा

डायल गर्ने ?

खै थाहा भएन, कहिल्यै नबन्ने संविधानका बारेमा अब

कसले उत्तर देला र ? जे पर्ला–पर्ला एकपटक १ सयमा

डायल गरौं न ।

मानिसहरू किन पैसाको पछाडि दौडिएका

होलान् ?

पैसा भएपछि अरु सबै आफ्नो पछाडि दौड्ने भएर हो

नि ।

हिन्दी टेलिश्रृंखला प्रसारण नहुने हो भने नेपाली

महिलाहरू के गरेर दिन बिताउलान् ?

सुरुवातको केही समय त गार्हो होला तर पहिले पनि

थिएन नि त, र पनि जीवन चलेकै थियो, त्यही भने

चित्त बुझाउलान् । अहिले त फेसबुक छँदैछ नि ।

२५ तले बिल्डिङको २५ औं तला तपाईंलाई बस्नलाई

नि:शुल्क दिइयो भने के गर्नुहुन्छ ?

थ्याङ्क यु सो मच भन्ने थिए, भूकम्प आउँदा जति

माथि बस्ने सुरक्षित हुन्छ, त्यति तल बस्ने हुन्न रे, आखिर

ठूला भवन भत्किएका छैनन् नि ।

बाँदरले मान्छेजस्तै बोल्नथाल्यो भने ?

बादरले बोल्न मात्र त बाँकी हो, आखिर हामी पनि

बाँदरकै प्रजाति त हौं क्यारे, अरू त त्यस्तै हो, पशुपति

जाँदा बाँदर गफ गर्ने साथी हुन्थे ।

बिल नतिरी कुनै पनि सेवा प्राप्त हुन थाल्यो भने के

होला ?

मेरो त किङ्स वेमै दिन–रात बित्थ्यो होला,

सामान धेरै भएर घरमा त सुत्ने ठाउँ नै हुँदैनथ्यो होला,

पैसा पनि कमाउनु पर्दैनथ्यो होला ।

वान वेमा विपरीत दिशाबाट सवारी साधन

चलाउँदा के हुन्छ ?

नेपालमा त खासै फरक नपर्ला, विदेशमा भए त तीव्र

गतिमा सवारी कुद्ने भएकाले ज्यान चैट हुने प्रबल

सम्भावना हुन्छ ।

महिलाको स्तन नभएको भए के हुन्थ्यो ?

त्यो त मैले सोच्न पनि नसक्ने कुरा हो । महिलाको

स्तन नै भएन भने महिला सौन्दर्य त सकिहाल्यो नि,

सबै कुरुप देखिन्छन् ।

सबै युवकको एउटै अनुहार हुने भए तपाईं के गर्नुहुन्थ्यो ?

म त मेरो मान्छेको स्पेसल ठाउँमा ट्याटु खोपिदिन्थे,

जुन मलाई मात्र थाहा हुन्थ्यो नत्र त झुक्किने प्रबल

सम्भावना हुन्छ । नम्बर सिस्टम पनि हुन्थ्यो होला ।

कान्तीपुर साप्ताहिकवाट
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhzHgvYS-js7jcEp7ZepAnt2QSvzV8io8YZtsVL6gnPDr-t7jTH4AR9qe0LST8fZW7Z3D0JjWjeT1KZA43QKk-trWCJ_aiHnihduP381UCXzPfDqCxuh1g1evNu1evjjGhG_uInuB5EHXM/s640/

sources :- http://aajakonepalkhabars.blogspot.com/2015/08/blog-post_955.html

Advertisement