मोर्चाको आन्दोलनका क्रममा सोमबार वीरगन्जमा प्रहरीको गोली लागेर भारतीय युवक आशीषकुमार रामको मृत्यु भएपछि भारत रक्सौलका स्थानीय बासिन्दा आक्रोसित भएका हुन् ।
नेपाल सद्भावना पार्टीका केन्द्रीय सदस्य शिव पटेलले रक्सौलबाट लाठी र भाटा बोकेर आएका भारतीयले धर्ना बसेका मोर्चाका नेता कार्यकर्तालाई गाली गलौज गर्नुका साथै दुव्र्यबहार गरेको बताए । उनले भने,‘उनीहरुले हातपात त गरेनन, तर जथाभावी बोल्दै गालीगलौज गरे ।’ धर्नामा बसेका मोर्चाका एक नेताले भने भारतीयहरुले अपशव्द बोल्दै केही नेतालाई हातपात गरेको बताए । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।